Logo

अहिले प्रधानमन्त्रीलाई हटाउने होइन-गणेश साह, नेकपा स्थायी समिति सदस्य



काठमाडौं, १७ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य गणेश शाह पार्टीमा विवाद अन्त गर्नुपर्ने पक्षमा छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने भन्दा पार्टीलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् । यसै विषयमा ऋषि धमलासँग गणेश शाहले गरेको कुराकानीः
तपाईं अहिले केपी ओलीतिर कि प्रचण्डतिर ?
म त कुनै नेताहरुतिर छैन, पार्टीतिर छु ।
पाटिभित्र तपाईं कसको लाइनमा हुनुहुन्छ ?
एउटाको एउटा लाइन छ, म त्यसैमा हो ।
अहिले त पार्टीको लाइनै छैन नि नेताहरुको लाइन छ होइन ?
कम्युनिस्ट पार्टीको एउटा लाइन् । त्यसमा पार्टीको राजनीतिक दस्तावेज हुन्छ । पार्टीको विधान छ, त्यसअनुसार चलेको हुन्छ ।
आज बस्ने सचिवालय बैठकले समस्याको समाधान गर्ला ?
पार्टीभित्र मतभेद, द्वन्द्व र विवाद हुँदा अहिलेसम्म सचिवालयले बसेर समाधान गरेको इतिहास छ । त्यसैले मलाई आशा र विश्वास छ कि सचिवालय बैठकले पार्टीभित्र देखिएको विवादको समाधान गर्छ भन्ने । जसरी नेताहरुबीचमा असमझदारी उत्पन्न भएको त्यसलाई यो सचिवालय बैठकले समाधान गर्न सफल हुनेछ भन्ने लागेको छ ।
तपाईं त स्थायी समिति सदस्य हो, स्थायी समितिको बैठक बोलाइएको छ, त्यसमा हस्ताक्षेर गर्नुभएन हो ?
त्यसमा मैले पनि हस्ताक्षेर गरेको छु् । पछिल्लो समय सरकारले पार्टीको मर्म र भावना बिपरित काम गर्न थालेको छ । पार्टी र संविधानमाथि प्रहार भयो भने त्यसमा आवाज उठाने हाम्रो जिम्मेवारी र दायित्व हो । त्यही अन्तर्गत अध्यादेश आयो । त्यसले पार्टीको विधि र मर्यादाको पनि ख्याल गरेन । यसको सँगसँगै संविधानको मर्म र भावनाको पनि मूल्यांकन नगरेकाले हामी बहुसंख्यक स्थायी समिति सदस्यहरुले बैठकको माग गरेका छौं ।
अहिले यसै पनि मुलुक विश्वब्यापी रुपमा फैलिएको कोरोनाको रोक, थाम र उपचारतिर ध्यान हुनुपर्ने बेला हो । मानिसहरु खान नपाएर भोकभोकै हुने बेला छ । कोरोनापछि मुलुकको अवस्था कस्तो होला भन्ने चिन्ता त्यत्तिकै छ । यी विषयमा पनि छलफल गर्नुपर्ने भएकाले स्थायी समितिको बैठक बोलाउनुपर्ने आवश्यक हामीले ठानेका हौं ।
आजको सचिवालय बैठकयले स्थायी समिति बैठकको मिति तय गर्न सक्छ ?
आज सचिवालय बैठक बस्ने अनि त्यसको ८, १० दिनभित्र स्थायी समितिको बैठक बोलाएर देशको चल्दोबल्दो समस्या, पार्टीभित्रको संगठनात्मक विषयवस्तु र पार्टी एकीकरणमा बाँकी भएका कामहरु टुंग्याउनका लागि पनि यो बैठकको आवश्यक महसुस गरेका छौं ।
स्थायी समिति बैठक बस्न त प्रधानमन्त्री तयार हुनुपर्यो नि उहाँले त ‘मलाई चौतर्फी आक्रमण भयो,’ भन्नुभएको छ नि ?
त्यसरी घेराबन्दी भयो त अझन् पार्टीको बैठक बोलाउनु प¥यो नि । उहाँको सरकार बँचाउने मात्रै जिम्मेवारी होइन, पार्टी र सम्पूर्ण नेपाली जनतालाई पनि बँचाउने जिम्मेवारी छ । त्यसैले उहाँलाई घेराबन्दी भयो भनेपनि त्यसको मुकाबिला उहाँ आफैले गर्ने हो । उहाँले अन्तिममा आइएर जसरी अरु पार्टीका सांसदहरुलाई ल्याउने, पार्टी फुटाउने अध्यादेश ल्याउनु भयो । त्यस्ता क्रियाकलपले घेराबन्दीलाई झन् बलियो बनाउछ ।
अहिलेको अवस्थामा तपाईंहरुको एजेन्डा के हो ? प्रधानमन्त्रीलाई हटाउने कि सुधारन लाग्ने ?
प्रधानमन्त्रीलाई हटाउने एजेन्डा पार्टीको पहिलादेखिकै हो । हामीले जसरी दुईजना अध्यक्ष बनायौं । त्यतिबेलादेखि एकजनाले मूल रुपले सरकार हेर्ने, अर्को अध्यक्षले पार्टीको हेण्डिलिङ गर्ने भनिएको हो । अहिले उहाँ दुई पदमा रहेर पनि वान म्यान वानको रुपमा काम गरिरहनुभएको छ । किन उहाँ पुरानो सहमतितिर फर्किनुपर्यो । दुईजना अध्यक्ष भएपछि कुनै काम गर्दा दुवैजनासँग सरसल्लाह बमोजिम काम गर्नुपर्नेमा त्यो पनि भएको छैन । कि पुरानो सहमति अनुसार हुनुप¥यो कि पछि गरिएको नयाँ सहमतिअनुसार हुनुपर्यो । उहाँ पाँच वर्षको प्रधानमन्त्री भइरहने हो भने अर्को अध्यक्षलाई पार्टीको सम्पूर्ण गतिविधि दिनुपर्छ । अहिलेको राजनीतिले कम्युनिस्ट पार्टीअनुसार काम गरेको छैन ।
त्यसोभए स्थायी समितिको बैठकले प्रधानमन्त्रीलाई हटाउन सक्ने सम्भावना छ ?
अहिले नै स्थायी समितिले प्रधानमन्त्रीलाई हटाउन सक्ने स्थिति भइसकेको म देख्दिनँ ।
अहिलेको अवस्थामा प्रधानमन्त्री परिवर्तन गर्नुहुँदैन भन्ने तपाईंंको भनाई हो ?
अहिले प्रधानमन्त्रीलाई फेरबदल गर्नुभनेको मुलुकमा अस्थिरता निम्त्याउनु हो । बरु प्रधानमन्त्रीलाई काम गर्दा पार्टीको नीति सिद्धान्त अनुसार काम गर्न सुझाउनुपर्छ । प्रधानमन्त्री हुँदैमा उहाँले सबै अधिकार आफ्नै हातमा लिने र पार्टीलाई पुरै वाइपास गर्ने काम गर्नुभएन । त्यसैले प्रधानमन्त्रीलाई हटाउने होइन कि उहाँ गर्ने क्रियाकलापलाई व्यवस्थित गर्नेतिर हामीले प्रयास गर्ने हो ।
एक व्यक्ति एक पदको कुरा आएको छ, त्यो सम्भव छ नेकपाभित्र ?
त्यो नगर्दासम्म पार्टीभित्रका आन्तरिक कलह र असमझदारीहरु आइरहन्छन् । अब महाधिवेशनसम्म हामी एक व्यक्ति एक पदको अवधारणा अनुसार नै अगाडि बढ्नुपर्छ । पहिला जसरी सहमति भएको हो । त्यही सहमतिलाई टेकेर हामी अगाडि बढ्नुपर्छ ।
त्यसोभए प्रधानमन्त्रीले पार्टी अध्यक्ष पद छोड्नुपर्छ हो ?
छोड्ने होइन नि । आफू प्रधानमन्त्रीमा बस्ने भएपछि पार्टी गतिविधिमा हस्तक्षेप गर्न पाइएन । प्रचण्डजीले उहाँको सल्लाह सुझावमा पार्टी चालाउने हो । प्रधानमन्त्रीले पनि अर्का अध्यक्षसँग सल्लाहसुझाव दिएर सरकारका गतिविधिहरु अगाडि बढाउने हो । एकअर्कामा सहयोगहरु आदनप्रदान गर्नु आजको प्रमुख आवश्यक ता हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot