काठमाडौं, १७ बैशाख । पार्टीभित्रको आन्तरिक विवाद हल गर्नेगरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरे बैठक सुरु भएको हो । बैठक सुरु भएको तस्विर हेर्दा सुरुमै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलिरहेको देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा कुनै छलफल र सरसल्लाह नै नगरी अध्यादेश ल्याएसँगै अर्का अध्यक्ष दाहाल, बरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायाणकाजी श्रेष्ठ रुष्ट बनेका थिए ।
अध्यादेश खारेजी भैसक्दापनि नेकपाभित्रको अन्तरकलह साम्य भएको छैन् । बरु, बढेर गएको छ । कतिसम्म भने प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा दुवै पदबाट राजीनामा दिनुपर्ने माग अर्को पक्षले गरेको छ । त्यस्तै, आजको सचिवालय बैठकले स्थायी कमिटीको बैठक बोलाउनेपनि तयारी गरेको छ । तर, प्रधानमन्त्री ओली स्थायी कमिटीको बैठक बोलाउने पक्षमा छैनन् । तस्विर :प्रधानमन्त्रीको सचिवालय