Logo

घरेलु मदिरा सहित पाँच जना पक्राउ



मोरङ, १७ वैशाख । अवैध घरेलु मदिरा सहित पाँच जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । कटहरी गाउँपालिका कटहरी चोकबाट अवधै घरलु मदिरा करिब ५ सय ५९ लिटर सहित ५ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिकाका बस्नेहरु मिना गुरूङ, अनिता राई, रिता गुरूङ, आस्मा तामाङ र दिपक गुरूङ रहेका छन् । सोही ठाउँस्थित खटिएको प्रहरीले को.१ च २५३१ नम्बरको भेनलाई जाँच गर्ने क्रममा उक्त घरेलु मदिरा सहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot