Logo

लकडाउनमा लागूऔषध सहित युवक पक्राउ



मोरङ, १७ वैशाख । नियन्त्रित लागूऔषध सहित दिनवन्धु प्रसाद मोदीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका दरैयाबाट नियन्त्रित लागूऔषध डाइलेक्स डिसी १५ बोतल, नाइट्राभेट ३० ट्याब्लेट र स्पास्मो प्रोसिभेन प्लस २४ ट्याब्लेट सहित सोही महानगरपालिकाका मोदी पक्राउ परेका हुन् ।

उक्त स्थानमा खटिएको प्रहरीले को.३६ प ५५६० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा तरकारी लगायतका खाद्यन्न सामानहरुभित्र लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा उक्त लागूऔषधहरु फेला पारी मोटरसाइकल सहित दिनवन्धुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot