Logo

मोबाइल लुटपाट



काठमाडौं, १७ वैशाख । मोबाइल लुटपाट गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मोबाइल लुटपाट गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका देउवा चोकका अनिस सुनार सहित २ जना पक्राउ परेका हुन् ।

उनीहरुले सोही नगरपालिका सेराफाँट बस्ने एक व्यक्तिको मोबाइल लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले सोही नगरपालिका पञ्चकन्या मन्दिरमा लुकीछिपि बसेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट लुटेको उक्त मोबाइल १ थान, नियन्त्रित लागूऔषध स्पास्मो १२ चक्की, प्रगस्थर १२ ट्याब्लेट, अवैध लागूऔषध चरेश करिब १० ग्राम, र नगद ३ हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot