Logo

तौल बढ्ने प्रमुख १० कारण



तौल हामीले खाए पिउने रपमा जति क्यालोरी रहन्छ उति नै प्रयोग गरिएन भने तौल बढ्छ । वास्तवमा बचेको क्यालोरी हाम्रो शरीरमा वोसोको रुपमा जम्छ र हाम्रो तौल बढ्छ ।

  • खान–पानः तौल बढ्ने मुख्य कारण हाम्रो खाना नै हो । हाम्रो खानामा क्यालोरीको मात्रा धेरै भएमा तौल बढ्ने मौका बढि हुन्छ । फास्ट फुड, चिसो पेय पद्धार्थको सेवनले हाम्रो शरीरमा आवश्यक भन्दा बढी क्यालोरी जम्मा हुन्छ ।ु हामीले प्राप्त गरेको क्यालोरीलाई घोलिन नपाएमा हाम्रो शरीरमा तौल बढ्न जान्छ ।
  • निस्क्रिय हुनुः जो मानिस घरमा नै बसिहन्छ, दिन भर कुर्सीमा नै बस्छ र शारीरीक कसरत केह िगर्दैन उसको तौल बढ्छ । त्यसकारण दैनिक सिढी चढ्ने, खेल खेल्ने जस्ता नियमित व्यायाम गर्नुपर्छ ।
  • वंशाणुगत कारणः जसको माता पिताको तौल धेरै छ उनका सन्तानको पनि धेरै तौल बढ्ने सम्भावना हुन्छ ।
  • उमेरः उमेर बढ्नुको साथै तौल बढ्नु पनि एक स्वाभाविक प्रक्रिया हो किनकी उमेर बढ्दै जाँदा हाम्रो मांसपेशी वोसोमा विस्थापित हुन्छ । वोसोको मात्रा बढ्नेले डायबेटिज र हाइपरटेंसन हुने खतरा पनि बढ्छ । उमेर बढ्नुसंगै शरीरमा मेटाबोलिस्ममा पनि कमी आउछ यसकारण तौल बढ्छ ।
  • लिगंः तपाइँ पुुरुष वा महिला यसको असर तौलमा पर्छ सामान्यतया महिलाले पुरुषको तुलनामा थोरै क्यालोरी प्रयोग गर्छन् यसैले महिलाको तौल बढ्ने सम्भावना बढ्छ । महिलाको शरीरमा वोसोको मात्रा पुरुषको भन्दा बढी हुन्छ । एक सामान्य तौल भएकी स्वस्थ्य स्त्री को शरीरमा २५ प्रतिशत वोसो हुन्छ जब कि एक पुरुषको शरीरमा मात्र १५ प्रतिशत वोसो हुन्छ ।
  • मनोवैज्ञानिक कारणः तौल बढ्नुको कारणमा मनोवैज्ञानिक हुन्छ । भावुक समस्या वा डिप्रेशनको कारण व्यक्तिले धेरै खाने पिउनाले तौल बढने हुन्छ ।
  • गर्भावस्थाः गर्भावस्थाको क्रममा तौल बढ्नु एक सामान्य प्रक्रिया हो
  • औषधिः कुनै खालका औषधिले तौल बृद्धि गर्न मद्दत गर्दछ ।
  • रोगः रोगले पनि तौल बढ्छ । बिरामी हुँदा मानिसहरुको कामको गतिविधी घट्ने भएकोले तौल बढ्न सकयोग पुग्छ ।
  • धुम्रपान गर्न छोडेमाः सिग्रेट पिउन छोडेमा व्यक्तिको तौल ३–४ किलो सम्म घट्छ ।



प्रतिक्रिया दिनुहोस्