अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । विहिबार राति १:३० बजेसम्मको रिपोर्टअनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० हजार ७ सय ५७ पुगेको छ । त्यस्तै त्यहाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या १० लाख ५२ हजार २ सय ३ पुगेको छ । बुधाबार मात्र अमेरिकामा १०६ हजार ४ सय ३८ जना नयाँ संक्रमित थपिए भने १४ सय ९१ जनाको मृत्यु भएको छ ।
उता, बेलायतले कोरोना संक्रमणबाट मृत्यु हुनेको संशोधित आँकडामा प्रस्तुत गरेको छ । संशोधित आँकडा अनुसार त्यहाँ मृत्यु हुनेको संख्या २६ हजार ९७ पुगेको छ । त्यहाँ एकैदिन ४ हजार ४ सय १९ जनाको मृत्यु भएको तथ्याँक सार्वजनिक भएको छ । बेलायतका विदेशमन्त्री डोमोनिक रोबले कोरोना भाइरसबारेको दैनिक ब्रिफिङका क्रममा संशोधित आँकडा प्रस्तुत गरेका थिए । यसअघि चीनले पनि निकै पछि उहानमा मृत्यु हुनेहरुको संशोधित तथ्याँक सार्वजनिक गरेको थियो ।
कोरोनाको उद्गमस्थल चिनमा ८२ हजार ८ सय जना संक्रमित भएका छन । तर त्यहाँ ७७ हजारभन्दा बढि उपचारपछि निको भइसकेका छन् ।
बुधबार इटालीमा ३ सय २३ जनाको मृत्यु भएको छ भने स्पेनमा ४ सय ५३ जनाको मृत्यु भएको छ । योसहित इटालीमा मर्नेको संख्या २७ हजार ६ सय ८२ पुगेको छ भने स्पेनमा २४ हजार २ सय ७५ पुगेको छ ।
फ्रान्समा २४ हजारभन्दा बढिको मृत्यु भइसकेको छ । फ्रान्समा १ लाख ६६ हजार ५ सय संक्रमित छन् । छिमेकी मुलुक भारतमा पनि मृत्यु हुनेको संख्या १ हजार ८ जना पुगिसकेको छ । भारतमा संक्रमितको संख्या ३१ हजार ८ सय नाघेको छ ।
कुन देशमा कतिको मृत्यु ?
बेेेेेेेेेेल्जियम – ७५०१
जर्मनी – ६३७६
इरान – ५९५७
ब्राजिल – ५१५८
नेदरल्याण्ड – ४७११
टर्की – ३०८१
क्यानडा – २९८४
स्विडेन – २४६२
स्विजरल्याण्ड – १७१६
मेक्सिको – १५६९
आएरल्याण्ड – ११५९
चिनको वुहान सहरमा पहिलोपटक देखिएको कोरोना अहिले विश्वभरका २ सय १० देशमा फैलिएको छ ।
अहिलेसम्म यो भाइरसका कारण ३१ लाख ९५ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये करिब ९ लाख ८८ हजार जना निको भएका छन् । उपचाररत करिब १९ लाख ८१ हजारमध्ये करिब ६० हजार ३ सयको अवस्था भने चिन्ताजनक छ ।