काठमाडौँ, १८ बैशाख । अन्तिम पल्ट तिम्रो मुख हेर्न पाए हुन्थ्यो । गायक पुस्कल शर्माले यो गीतका पंक्तिहरु लेख्दा शायदै सोचेका होलान् कुनैबेला यो बेलायतका नेपालीहरुको जीवनमा मेल खाला भनेर । विडम्वना अहिले कोराना भाइरसको महामारीमा संक्रमित भई ज्यान गुमाउने नेपालीहरुको परिवारले आफ्ना प्रियजनको अनुहार अन्तिमपटक पनि हेर्नै नपाई विदाइ गरिरहनु परेको छ ।
सामान्यावस्थामा अन्तिम सँस्कार अगाडि परिवार र आफन्तहरुले फ्यूनेरल डाइरेक्टरको कार्यालयमा, आफ्नै घरमा ल्याएर वा अन्तिम सँस्कार गरिने ठाउँ ९क्रिमेटोरियम वा सिमेट्री० मा मृतकको अनुहार हेर्न पाउँथे तर अहिले कोरोनाको महामारीले शव राखिएको बाकस खोलेर हेर्न दिइँदैन । यति मात्र होइन कतिपय अवस्थामा त आफ्नो प्रियजनलाई अन्तिम श्रद्धास्वरुप फूल पनि शव राखिएको बाकसभन्दा टाढै चढाउनु पर्छ । पहिले अन्तिम सँस्कार गर्ने परिसरमा शव आइपुगेपछि मृतकका आफन्तले शवलाई बोकेर अन्तिम सँस्कार गर्ने स्थलसम्म लैजान्थे । पहिले आफ्नो रीति अनुसार ध्वजा बोकेर, टिलो फाल्दै, धान, जौ, लावा छर्दै शवलाई बाटो देखाइन्थ्यो । अहिले भने फ्यूनेरल डाइरेक्टर कार्यालयकै कर्मचारीहरुले शव बोकेर अन्तिम सँस्कार गर्ने ठाउँमा लैजान्छन् । सामान्यतः मृतकका परिवार वा आफन्तले शवलाई छुने मौका पाउँदैनन् ।
नेपाली समाजमा भनाइ छ–जिउँदो छँदा जन्ति, मर्दा मलामी कमाउनु । अर्थात शत्रु होइन मित्र बनाउनु । जतिसक्यो राम्रो काम गर्नु अनि मलामी बढ्छ । मलामी जानलाई कसैले बोलाइरहनु पर्दैन । तर महामारीका बेला नेपाली उखानले पनि काम नगर्दो रहेछ । सामान्य अवस्थामा बेलायतमा औसत प्रोफाइलका नेपालीको अन्तिम सँस्कारमा पनि मलामीको संख्या एक सयभन्दा माथि नै हुन्थ्यो । दिवंगतहरुको प्रसिद्धि अनुसार मलामीको संख्या तीनरचार सयसम्म पनि पुग्थ्यो तर अहिले कोरोनाको महामारीले जतिसुकै सत्कर्म गरे पनि अन्तिम सँस्कारमा १०र१२ जनाभन्दा धेरै सामेल हुन पाइँदैन । बेलायतमा बितेका केही सातामा पूर्व रापंस (सांसद), पूर्व गाविस अध्यक्ष, उपाध्यक्ष, प्रधानाध्यापक जस्ता सामाजिक कार्य गरेका व्यक्तित्वहरु बिते । अरु बेला भए उनीहरुको कति भव्य बिदाइ हुन्थ्योहोला तर समयको खेला मात्र परिवारलाई साक्षी राखेर उनीहरुको बिदाई भइरहेको छ ।
स्वाभाविक हो अन्तिम सँस्कार भावपूर्ण हुने गर्दछ । तर कोराना संक्रमणपछिको अन्तिम सँस्कार झनै हृदयविदारक छ । गत साता एक अन्त्येष्ठीमा सहभागी ब्रिटिश गोरखा भेट्रान्स एसोसिएसन युकेका महासचिव भीम सारु मगर भन्छन्, “हामी १०र१२ जना मुखमा मास्क र हातमा पञ्जा लगाएर २र२ मिटरको फरकमा उभियौँ । जसको हामी मलामी गएका थियौँ उहाँको धर्मपत्नी घ्वाँ घ्वाँ रुन थाल्नुभयो । रुँदा रुँदा ढल्न लाग्नुभयो । सोसल डिस्ट्यान्सिङका कारण न हामी गएर सान्त्वना दिन पायौँ, न सम्हाल्न नै रु आफूले केही गर्न नसक्दा हामी आफैँ उभिएकै ठाउँमा रोयौँ ।” महामारीले नेपालीहरुले मर्दा पर्दा अपनाउनु पर्ने सनातन परम्परा पनि प्रभावित हुन पुगेको छ । हालैको एक अन्तिम सँस्कारमा सहभागी नेपलिज सेफ्स एसोसिएसन युकेका अध्यक्ष दधि आचार्य भन्छन्, “हामीलाई आफ्नो सँस्कारअनुसार कर्म गर्न १० मिनेटको समय दिइएको थियो । हिन्दू धर्मअनुसार पण्डितले शान्ति पाठ गर्नुपर्ने थियो । यस्तो बेलामा कहाँ पण्डित पाइनु रु एक जना गुरुले मोवाइलबाटै शान्ति पाठ गरिदिनुभयो, हामीले जल चढायौँ र कार्जे सक्यौँ ।”
अन्तिम सँस्कार गर्ने कक्ष स–सानो भएको र दुईरदुई मिटरको सामाजिक दुरी कायम गर्नुपर्ने बाध्यताले थोरै मात्र मलामी लैजान पाइए पनि फ्यूनेरल डाइरेक्टरले अन्तिमसँस्कार घरै बसीबसी हेर्न सकिने ब्यवस्था भने मिलाएका छन् । फ्यूनेरल डाइरेक्टरसित पहिल्यै सम्पर्क गरे उनीहरुले पासवर्ड उपलब्ध गराउने र अन्य देशबाट वा घरबाटै लाइभ अन्तिम सँस्कार हेर्न सकिने सुविधा दिलाउँछन् । लण्डन बरो अफ बार्नेटका उपमेयर लक्ष्यबहादुर गुरुङ भन्छन्, “फ्यूनेरल डाइरेक्टरले २८ दिनसम्म सो भिडियो राख्छन् र सम्बन्धित परिवारले चाहेमा भिडियो डाउनलोड पनि गर्न पाउँछन् ।” र, माथिको बाध्यता र सुविधा कोरोना संक्रमणबाट मात्र होइन युकेमा अन्य कारणबाट बितेका नेपाली र गैरनेपाली सबैलाई लागू भइरहेको छ । (वीनेपालीडटकमबाट)