काठमाडौं,बैशाख १८ । गत मंसिरमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगिताका पदक विजेताहरु मध्ये केहीले खाता नम्बर नमिलेका कारण पुरस्कार रकम अझै पाएका छैनन् ।
सरकारले साग सकेलगत्तै पुरस्कार दिने घोषणा गरे पनि कार्यविधि लगायत अन्य प्रक्रियागत कारणले ढिला गरि खेलाडीको बैंक खातामा रकम पठाएको थियो । तर, खाता नम्बर नै गल्ति हुँदा कतिपय खेलाडीहरुको खातामा अझै पैसा जम्मा हुनसकेको हो ।
यो विषयमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले केही खेलाडीहरुले खाता नम्बर गलत पठाएकोले रकम जम्मा नभएको बताए। सच्याएर खाता नम्बर पठाएपछि अहिले त्यसमा काम भइरहेको र २६ जनाको काम हुन बाँकी रहेको बताए ।
उनले बिहीबारसम्ममा सबै काम सकिने पनि जानकारी गराएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।