Logo

धार्चुलाका क्वारेन्टाइनमा रहेका नेपाली मजदुर उद्धार सुरु



दार्चुला, बैशाख १८ । एक महिनादेखि भारत पिथौरागढको धार्चुलाका क्वारेन्टाइनमा रहेका नेपाली मजदुरको विहिबारदेखि उद्धार सुरु भएको छ। बुधबार बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच भएको उच्चस्तरीय सहमति पछि सीमापारी रोकिएका नेपाली ल्याउन सुरु भएको छ ।

उनीहरुको सीमा क्षेत्रमा चेकजाँच गरिने, उनीहरुको नाम ठेगाना सम्पर्क नम्बर राख्ने र सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राख्ने गरी पठाउने रणनीतिसति उद्वार गरिन थालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot