Logo

लकडाउनमा ७० लाख बच्चा जन्मिने, राष्ट्रसंघले बतायो यस्तो कारण



१८ वैशाख : यूनाइटेड नेशन पपुलेशन फण्ड (यूएनएफपीए) र सहयोगीद्वारा जारी तथ्यांक अनुसार, कोभिड–१९ महामारीका क्रममा लागू गरिएको लकडाउन र स्वास्थ्य सेवाहरुमा रुकावटका कारण आगामी दिनहरुमा ७० लाख अप्रत्याशित गर्भाधारण देख्न सकिनेछ।

महामारीका क्रममा लागू गरिएको लकडाउन र स्वास्थ्य सेवाहरुमा रुकावटका कारण निम्न र मध्यम–आय भएका देशहरुमा ४ करोड ७० लाख महिलाहरु आधुनिक गर्भ–निरोधक उपायहरुको प्रयोग गर्नमा सक्षम नभए कारण यस्तो नतिजा आउने बताइएको छ। एजेन्सीका अनुसार, संकटका क्रममा महिलाहरुको पहुँच परिवार नियोजन वा अप्रत्याशित गर्भाधारण, लैंगिक हिंसा र अन्य हानिकारक तथा कुप्रथामा अधिक वृद्धि हुन सक्नेछ।

यूएनएफपीएकी कार्यकारी निर्देशक नतालिया कानेमका अनुसार, यो नयाँ आँकडाले देखाउँछ कि, कोभिड–१९ को भयावह प्रभाव विश्वभरका महिला र केटीहरुमा देख्न सकिनेछ। उनले भनिन्, ‘कोरोनाको महामारीले असमानता बढाइरहेको छ र लाखौँ अन्य महिला एवम् केटीहरुलाई आफ्नो परिवार नियोजनको क्षमता र आफ्नो शरीर एवम् स्वास्थ्यको सुरक्षा गर्ने क्षमताका लागि जोखिम सिर्जना गरिरहेको छ।’

अध्ययनका अनुसार, विश्वभरमा निम्न र मध्यम आय भएका ११४ देशहरुमा करिब ४५ करोड महिलाहरु गर्भनिरोधक उपाय प्रयोग गर्दछन्। यसमा भनिएको छ कि, लकडाउनको अधिक असर ६ महिनामा देख्न सकिन्छ। यदि लकडाउन ६ महिनासम्म जारी रह्यो भने लैंगिक हिंसामा अतिरिक्त ३ करोड १० लाख घटना बढ्न सक्नेछ। मेरोलगानी File photo



प्रतिक्रिया दिनुहोस्