Logo

कालोबजारीको अभियोगमा पक्राउ परेका सुलभ अग्रवाल धरौटीमा रिहा



काठमाडौं, १८ वैशाख । कालोबजारीको अभियोगमा पक्राउ परेका शंकर ग्रुपका सुलभ अग्रवाल धरौटीमा रिहा भएका छन् । उनलाई काठमाडौं जिल्ला अदालतले आज २५ लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

जगदम्बा स्टिलका मालिक समेत रहेका अग्रवाल २५ चैत्रमा थर्मल गनको कालोबजारीमा रङ्गेहात पक्राउ परेका थिए । उनलाई अपराध महाशाखाको टोलीले ५ हजार पर्ने थर्मल गन १५ हजार रुपैयाँमा विक्री गर्न खोजेको अवस्थामा पक्राउ गरेको थियो ।

पक्राउ पछि अग्रवाल तीन हप्ता हिरासतमा राखेर अनुसन्धान गरिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot