Logo

सर्वेन्द्र खनाल, र सांसदद्धय बस्नेत र श्रेष्ठविरुद्ध सांसद यादवद्धारा मानव अधिकार आयोगमा उजुरी



काठमाडौं, १८ बैशाख । समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य डाक्टर सुरेन्द्र यादवले नेकपाका सांसदहरु महेश बस्नेत र किसन श्रेष्ठ, र नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महोत्तरीबाट अपहरण गरी काठमाडौँ ल्याएको भन्दै उनीहरुबिरुद्ध मानव अधिकार आयोगमा बिहीबार उजुरी दिएका छन्। आयोगमा उनको उजुरीको दर्ता नम्बर १७८० हो ।

उजुरी दर्ता गर्न गएका यादवको फोटोसहित र निवदेनपनि साथमै राखेर जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता डा. बाबुराम भट्टराईले यस्तो लेखेका छन्,”राज्यको संरक्षणमा गरिएको अपहरणकाण्डका अपराधीहरूलाई कानून बमोजिम कार्वाहीकोनिम्ति सरकारलाई निर्देशन दिन माग गर्दै सांसद डा.सुरेन्द्र यादव द्वारा मानव अधिकार आयोगमा उजुरी! हेरौं असनको साँढे झैं मैमत्त बनेको र अरिंगाल सेनालाई सडकमा ताण्डवनृत्यनिम्ति उतारेको ओलीतन्त्रले के गर्दोरहेछ!”

यसअघि सांसद यादवसहित जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरु यादवलाई बस्नेत, श्रेष्ठ र खनालले अपहरण गरेको भन्दै महानगरीय प्रहरी परिसरको कार्यालय टेकु र सरकारी वकिल कार्यालय बबरमहलमा किटानी जाहेरी दिन गएका थिए । तर, दुवै ठाउँबाट यादवको उजुरी नै दर्ता गर्न मानिएको थिएन । यादवले शक्ति र सत्ताका आडमा ती तीनले आफ्नो ज्यान लिनसक्ने खतरा भएको भन्दै उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाही र छानबिनका लागि निवेदन दिएका हुन्।

हेरौं निवेदन:



प्रतिक्रिया दिनुहोस्

Screenshot