Logo

प्रतिबन्ध खुकुलो पछि जर्मनीमा कोरोना संक्रमित बढे



१८ वैशाख : जर्मनीमा कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो चार दिनमा सबैभन्दा बढेको छ । जर्मन सरकारले प्रतिबन्ध खुुकुलो पारेपछि कोरोना संक्रमण बढेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

बिहीबारसम्ममा पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार एक हजार ६ सय २७ जनामा संक्रमण बढेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार जर्मनीमा हालसम्म एक लाख ६१ हजार पाँच सय ३९ जनामा संक्रमण पाइएको छ । कोरोनाका कारण मृत्य हुनेको संख्या एक सय ५३ ले वृद्धि भई ६ हजार चार सय ६७ पुगेको छ । त्यस्तै अघिल्लो दिन ३.९५ प्रतिशत रहेको मृत्यु दर चार प्रतिशत पुगेको छ । जर्मनीमा कोरोना संक्रमणबाट निको भएकाको संख्या एक लाख २० हजार चार सय भन्दा बढि रहेको छ ।

जर्मनीकी चान्सलर एंगेला मर्केलले कोरोना महामारीका कारण लगाइएका प्रतिबन्धलाई थप्ने वा नथप्ने भन्ने विषयमा बिहीबार पछि राज्यका प्रमुखहरुसँग सल्लाह गर्ने छिन् ।

लामो समयसम्म लकडाउन भएपछि युरोपका नेताहरु अर्थव्यवस्था पुनःसंचालन गर्नका लागि उत्सुक छन् । जर्मन सरकारले जुन १४ सम्मकालागि अन्तराष्ट्रिय यात्राका लागि पनि चेतावनी दिनेछ ।यद्यपी यसको अवधि थप्ने वा नथप्ने भन्ने विषयको टुंगो लागेको छैन ।

जर्मनीको जनस्वास्थ्य प्राधिकरणको पछिल्लो रिपोर्टका अनुसार आर ओ मंगलबार ०.९ बाट घटेर बुधबार ०.७५मा पुगेको थियो । जसको अर्थ प्रत्येक संक्रमितबाट ०.७५ अन्य संक्रमित हुन सक्नेछन् । मेरोलगानी File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot