Logo

ऋषि कपुरको औंठी राजेश खन्नाले डिम्पलको औंलामा देखेपछि…



सन् १९७३ मा फिल्म बबी रिलिज भयो । राज कपुरले आफ्ना माहिंला छोरा ऋषि कपुरलाई नायकका रुपमा पहिलोपटक पर्दामा उतार्न यो फिल्म बनाएका थिए । ऋषिलाई फिल्ममा स्थापित गराउन यो राज कपुरका लागि चुनौती बनेको थियो ।

बबी फिल्मको सुटिङका क्रममा ऋषि कपुर २० वर्षका थिए । आफ्ना छोराका लागि नायिका छान्न राज कपुरले खुबै मिहेनत गरे । उनको आँखा डिम्पल कापडियामा पर्यो । डिम्पल मात्र १५ वर्षकी थिइन् । फिल्ममा नायिकाको रुपमा खेलाए । सुन्दर डिम्पल फिल्म रिलिज हुँदा १६ वर्षकी थिइन् । फिल्मी क्षेत्रका दिग्गजहरुलाई जिम्मेवारी दिएर फिल्म बनाइएको थियो ।

ऋषि कपुरको पहिलो चलचित्र बबी सुपरहिट भएको थियो । यसले सन् १९७० को दशकमा सोलेपछि सर्वाधिक आम्दानी गरेको थियो । फिल्मका दौरान ऋषि कपुरको डिम्पलसँगको रोमान्सबारे पनि हल्ला चल्यो । तर, ऋषि कपुर यसमिन मेहतालाई अत्याधिक चाहन्थे । जुन उनले पुस्तक खुलम खुल्लामा उल्लेख गरेका छन्

यसमिन ऋषि कपुरकी पहिलो प्रेमिका थिइन् । यसमिनले ऋषि कपुरलाई औंठी दिएकी थिइन् । जुन डिम्पल कापडियाले लिएकी थिइन् । औंठी डिम्पलले लिएको ऋषि कपुरले पुस्तकमा समेत खुलासा गरेका छन् । वास्तवमा डिम्पल ऋषि कपुरलाई मन पराउँथिन् ।

डिम्पलको प्रेम सम्बन्ध सुपरस्टार राजेश खन्नासँग भयो । प्रेम सम्बन्धका क्रममा राजेश खन्नाले डिम्पलको औंलामा औंठी देखे । उक्त औंठी देखेपछि निकालेर समुन्द्रमा फँयाकिदिएका थिए । यो विषय ऋषि कपुरले पुस्तकमा उल्लेख गरेका छन् । राजेश खन्नाले डिम्पलसँग विवाह गर्नुअघि फिल्म नखेल्ने सर्त राखेका थिए । १६ वर्षीया डिम्पलको ३२ वर्षीय राजेश खन्नासँग विवाह भयो । तर, बबी आश्चर्यजनक ढंगले सुपरहिट भएपछि डिम्पलको मन बदलियो । जसका कारण दुवैबीच लामो समय मनमुटाव चलिरह्यो ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot