Logo

कटुवा पेस्तोल सहित पक्राउ



बारा, १८ वैशाख । कटुवा पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बारागढी गाउँपालिकाका मनोज राय नेटुवा कटुवा पेस्तोल १ थान सहित बुधबार बेलुका पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot