Logo

लकडाउनमा ११ लाख ५० हजार अवैध धनसहित पक्राउ



पर्सा, १८ वैशाख । स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँ सहित लालबाबु कुमार यादव बुधबार साँझ पक्राउ परेका छन् । वीरगंज महागरपालिका रजतजयन्ती चौकबाट स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँ सहित सोही महानगरपालिकाका यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा अवैध वित्तिय कारोवार (हुण्डी) भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ जाँदै गरेको ना.६२ प ९५७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार यादवलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot