Logo

लागूऔषध सहित पक्राउ



मकवानपुर, १८ वैशाख । लागूऔषध सहित एकजनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका रातोमाटे र चुरियामाईको बिचस्थित सडकबाट नियन्त्रित लागूऔषध १ सय एमएलको विनसिनरेक्स १ सय ५५ बोतल सहित हेटौंडा उपमहानगरपालिका हुप्राचौरमा डेरा गरी बस्ने थाहा नगरपालिकाका मान बहादुर थोकर पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले रक्सौलबाट काठमाडौंतर्फ जाँदै गरेको ना.३ ख ६४६६ नम्बरको ट्याङकर जाँच गर्ने क्रममा ट्याङकरको तेल निकाल्ने लकिङ बक्समा लुकाइछिपाई राखिएको उक्त परिमाणको लागूऔषध सहित फेला पारी ट्याङकर चालक थोकरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot