Logo

कुटपिट गर्ने पक्राउ



काठमाडौं, १८ वैशाख । कुटपिट गरी घाइते बनाएको अभियोगमा ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कालिकोट, पचालझरना गाउँपालिका १ का वडा अध्यक्षलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा सोही ठाउकाँ उमेश न्यौपाने लगायत ५ जना पक्राउ परेका छन् ।

उक्त वडाका वडा अध्यक्षलाई कुटपिट गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पचालझरनाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । घाइतेलाई स्थानीय स्वास्थ्य चौकी सिकु हुँदै थप उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ ।

त्यस्तै संखुवासभा, चिचिला गाउँपालिका कुवापानीमा आपसी झगडा हुँदा कुटपिट गरी घाइते बनाएको अभियोगमा २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँका कुसल राई र कुल बहादुर गुरुङ रहेका छन् ।

उक्त स्थानमा मादक पदार्थ सेवन गरी ४ जना व्यक्तिहरुवीच आपसमा झगडा भई कुटपिट समेत भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चिचिलाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

कुटपिट हुँदा घाइते भएका चिचिला गाउँपालिकाका पासाङ शेर्पाको जिल्ला अस्पताल खाँदवारी र र चिचिला गाउँपालिकाका मनोज गुरुङको स्थानिय क्लिनिकमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । साथै घटनास्थलबाट प्रहरीले खुकुरी १ थान समेत बरामद गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot