बिहान उठेर ब्रश गर्नु जति आवश्यक छ जिब्रोको पनि त्यति नै सरसफाई गर्नु पर्छ किनकी दातबीचमा खाना बस्छ र जिब्रोमा टासिन्छ र यसलाई सफाई नगर्दा लेयर बन्छ । जो स्वास्थ्यको लागि राम्रो होइन । सफा नगर्दा यसको परिर्वतन हुने रंगले हाम्रो स्वास्थ्य अवस्थाको पनि चित्रण गर्दछ ।
खैरोः यदि जिब्रो खैरो रंगमा परिर्वतन भएमा यसले खतरनाक छालाको क्यान्सरको संकेत गर्दछ जसलाई मेलेनोमा पनि भनिन्छ ।
कालोः कालो रंगको जिब्रोले भाइरसले आक्रमण गरेको संकेत गर्दछ । यसको कारण धुम्रपान र मद्यपानको अत्यधिक प्रयोग हो ।
सेतोः यसले डिहाइह«ेशन र खानाको कण जम्मा भएको संकेत गर्दछ । यस्को कारण धुम्रपान हो ।
रातोः रातो रंगको जिब्रो देखेमा डाक्टरलाई तुरुन्त देखाउनुपर्छ यो गम्भिर रोगको लक्षण हुनसक्छ ।
पहेलोः पहेलो रंगमा जिब्रो हुनु ज्वरो, डिहाइड्रेशन र धुम्रपानको संकेत हो । र यस्ले लिवरमा भएको समस्यालाई पनि इंगित गर्दछ ।(एजेन्सीको सहयोगमा)