मानिसहरु लंकापति रावणको अनीति, अनाचार, दम्भ, काम, क्रोध, लोभ, अधर्म र नराम्रोको प्रतिक सम्झन्छौ र घृणा गर्दछौ । तर सबेभन्दा महत्वपुर्ण कुरा यो होकी रावणको नराम्रो काम जतिसुकै भएपनि उनको गुणहरुलाई बेवास्ता गर्न भने मिल्दैन ।
रावणको अवगुण भन्दा गुण धेरै थियो । उनी एक प्रकाण्ड विद्धान थिए । वेद शास्त्रमा उनको राम्रो पकड थियो र भगवान भोलेशंकरको अनन्य भक्त थिए उनीसँग तन्त्र, मन्त्र, सिद्धि तथा धेरै विद्याको ज्ञान थियो । ज्योतिष विद्यामा पनि महारथ हासिल गरेका थिए ।
उनको जन्मको विषयमा विभिन्न ग्रन्थमा फरक फरक तरीकाको उल्लेख गरिएको पाइन्छ । वाल्मिकि द्धारा लिखित रामायण महाकाव्य, पद्यपुराण तथा श्रीमद्धागत पुराणको अनुसार हिरण्याक्ष एंव हिरण्यकशिपु दास्रो जन्ममा रावण र कुंभकर्णको रुपमा उत्पन्न भएका हुन् । वाल्मीकि रामायणको अनुसार रावण पुलस्य मुनिका नाती थिए वा उनको छोरा विश्वश्रवाको छोरा थिए । विश्वश्रवाको वरवर्णिनी र कैकसी नामको दुइृ पत्नी थिए । वरवर्णिनीले कुबेरलाई जन्म दिइन त्यसको रिसले सौता कैकसीले अशुभ समयमा गर्भ धारण गरेकी थिइन् । त्यसकारण उनको गर्भबाट रावण तथा कुंभकर्ण जस्ता क्रुर स्वाभाव भएको भयंकर राक्षसको जन्म भएको थियो । तुलसीदासको रामचरितमानसमा रावणको जन्म श्रापको कारण भएको बताइएको छ । उक्त पौराणिक कथा अनुसार भगवान विष्णुको दर्शन गर्ने हेतुले सनक, सनंदन आदी ऋषि बैकुन्ठ गए तर भगवान विष्णुको द्धारपाले जय र विजयले उनीहरुको प्रवेश गर्न अस्विकार गरिदिए । ऋषिहरु अप्रसन्न भएर क्रोध आई जय र विजयलाई श्राप दिए
‘तिमीहरु राक्षस होऊ’ जय विजयले प्राथना गरे आफ्नो अपराधको लागि क्षमा मागे । भगवान विष्णुले ऋषिहरुलाई क्षमा गर्न भने तब ऋषिहरुले आफ्नो श्रापको समय कम गर्दै भने ‘तीन जन्मसम्म तिमीहरु राक्षसको योनीमा रहनुपर्छ र त्यसपछि पुःन आफ्नै पदमा प्रतिष्ठित हुन सक्छौ । ’ यसको साथमा अर्को पनि शर्त राखे ‘भगवान विष्णु वा उनका कुनै अवतारहरु मध्येको हातबाट तिमी मर्न अनिवार्य हुनेछ ।’
यहि श्राप नै राक्षसराज, लंकापति, दशानन रावणको जन्मको आदी गाथा हो । भगवान विष्णुको द्धारपालहरु पहिलो जन्ममा हिरण्याक्ष वा हिरण्यकशिपु राक्षसको रुपमा जन्मेका थिए । हिरण्याक्ष राक्षस धेरै शक्तिशाली थिए र उसले पृथ्वीलाई उचाँलेर पातललोकमा पुर्याएका थिए ।
पृथ्वीको पवित्रता जोगाउनको लागि भगवान विष्णुले बराह अवतार धारण गर्न परेको थियो । फेरी विष्णुले हिरण्याक्षको हत्या गरेर पृथ्वीलाई मुक्त गरिदिए । हिरण्यकशिपु पनि ताकतवर राक्षस थिए र उसैको वरदान प्राप्त गरेर अत्याचार गर्न सुरु गरेको थियो । भगवान विष्णुले आफ्नो भाई हिरण्याक्षको हत्या गरेकाले हिरण्यकहिपु विष्णु विरोधी थिए र उनले आफ्नो छोरा प्रह्लाद विष्णु भक्त भएकाले छोरा मार्नलाई कुनै कसुर छोडेका थिएनन् ।
पछि भगवान विष्णुले नृसिंहको अवतार धारण गरेर हिरण्यकशिपुको हत्या गरे । त्रेतायुगमा यी दुई भाई रावण र कुंभकर्णको रुपमा उत्पन्न भए र तेस्रो जन्ममा द्धापर युगमा भगवान विष्णुले श्रीकृष्णको रुपमा जन्म लिए, तब यी दुई शिशुपाल वा दन्तवक्त्रको नाम अनाचारीको रुपमा उत्पन्न भए ।
रावणलाई दशानन भनिन्छ । महातपस्वी रावणले भगवान शंकरको एक एक गरेर दश सिर प्राप्त गरीसकेका थिए । रावणको कठोर तपस्याको बलले १० सिर प्राप्त भएका थिए । जसलाई लंकामो युद्धमा भगवान रामले एक एक गरी काटेका थिए । यदि रावणले कठोर तपस्याले आर्जेको दश सिरको बृद्धिको सार्थक सहि उपयोग हुनेथियो भने शायद इतिहासको नै प्रकाण्ड विद्धानको रुपमा कहलिएर अमर बन्थे उनलाई घृणा नगरी पुजा गर्थे ।