Logo

भगवान शिवको जन्मको रहस्य



भगवान शिवलाई अजन्मा र अविनाशी भनिन्छ । शिवपुराणको कथामा भनिएको छ ब्रह्मा विष्णुलाई पनि अन्तिमसम्म थाहा थिएन । तर यीन को जन्ममा पनि एक रोचक छ, भगवानु ब्रह्मा, विष्णु र महेश यी तिन देवताहरुको जन्म आफैमा एक महान कहानी भएको छ । केही पुराणमा भनिएको छ कि ब्रह्मा र बिष्णु शिवबाट उत्पन्न भएका थिए । तर पुराणमा नै यस कुराको खण्डन गरेका छन् फेरी शिवको जन्म कहिले भयो त ।

शिव पुराणका अनुसार शिव स्वयंभु वा आफै जन्मेका हुन् भनिएको छ । शास्त्रमा यस विषयलाई लिएर भनिएको छ जब कुनै र कोहि पनि नरहेमा वा सबैकुरा नष्ट भएमा पनि उनी बाचीरहन्छन । यसकारण उनलाई ‘आदीदेव’ भनिएको हो । उनै आदी देवबाट नै ब्रह्माण्डको उत्पत्ति भएको बताइएको छ । जो सबै देवताहरुमा पहिलो हुन् । कथाको अनुसार भगवान ब्रह्मा र विष्णु जन्मेपछि दुवैमा बहस सुरु भएको थियो को श्रेष्ठ हो भनेर । त्यत्ति नै बेला अचानक चमत्कार लिंग देखियो । त्यसपछि आकाशवाणी भयो ‘जसले यो लिंगको सुरु र अन्तिम पत्ता लगाउछ त्यो नै ठुलो हुनेछ । ’ भगवान विष्णु तल्लो भागमा गए र ब्रह्मा माथिल्लो भागमा गई कयौ वर्षसम्म खोजे तर नत लिंगको सुरु भेटियो नत अन्तिम नै ।

भगवान विष्णुलाई महसुस भयो ज्योर्तिलिंग एक परमशक्ति हो यस ब्रह्माण्डको मुलभुत कारण हो र यहि भगवान शिव हुन् । उक्त समयमा फेरी आकाशवाणी भयो र भनियो ‘म शिवलिंग हु र मेरो कुनै आकार हँदैन म निरंकार हु । ’

भगवन शिवको जन्मको विषयमा यो कथा सँगै अरु पनि कथा छन् । वास्तवमा शिवको ११ अवतार मानिएको छ । यी अवतार मध्ये रुद्रावतारको कथा निकै प्रचलित छ । पुराणको अनुसार जब सृष्टि उत्पन्न गर्नमा ब्रह्मालाई कठिनाई हुन लाग्यो अनि ब्रह्मा रुन लागे । ब्रह्मा जीको आँसुबाट भुत प्रेतको जन्म भएको थियो भने उनको मुखबाट रुद्र उत्पन्न भए । रुद्र भगवान शिवको अंश र भुत प्रेत उनको सेवक मानिएको छ । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्