Logo

ताम्राकार हाउसद्वारा पत्रकारलाई मास्क र सेनिटाइजर वितरण



काठमाडौं १८ बैशाख । ताम्राकार मोबाइल हाउस र भर्जिन मोबाइल ग्यालेरीको सहयोगमा पत्रकारलाई सुरक्षा सामग्री वितरण गरिएको छ । कोरोना संत्रलमणको जोखिममा पत्रकारले जोखिम मोलेरै सूचना संकलन गर्नु पर्ने भएकाले भर्जिन मोबाइल ग्यालेरीले फिल्डमा खटिने पत्रकार र फोटो पत्रकारलाई मास्क सेनिटाइजरलगायतका सुरक्षा सामग्री वितरण गरेको हो ।

पहिलो पंक्तिमा रहेर काम गर्ने पत्रकारहरूलाई बढि सुरक्षा सावधानी अपनाउनु पर्ने भएकाले मास्कलगायतका सुरक्षा सामाग्री उपलब्ध गराएको भर्जिन मोबाइलका प्रोपाइटर विवेक शर्माले बताए ।

कोरोनाको संक्रमण रोकथामका लागि सबैले आफ्नो क्षेत्रबाट लाग्नु पर्ने भएकाले पत्रकार पनि बढि जोखिम हुने भएकाले यसले सुरक्षाका लागि सहयोग पुग्ने शर्माको भनाइछ । ताम्रकार हाउसले आज आफ्नै भवनमा ३० जना फोटो पत्रकार र संवाददाताहरुलाई माक्स र सेनिटाईजर वितरण गरेको थियो



प्रतिक्रिया दिनुहोस्