काठमाडौँ, १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलका राष्ट्रपति रुभिन रिभलिनसँग टेलिफोन संवाद गरी नेपालीको सुरक्षा र कल्याणका विषयमा बझनुभएको छ ।
प्रधानमन्त्री ओलीसँगको आजको वार्तामा इजरायलका राष्ट्रपति रिभलिनले नेपालीहरु आफन्तजस्तै बसेका हुँदा चिन्ता नलिन आग्रह गरेका छन् । “ मेरो इजरायका महामहिम राष्ट्रपतिसँग टेलिफोन संवाद भयो, मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणको बारेमा चासो राखे”, प्रधानमन्त्रीले ओलीले ट्वीटरमार्फत भनेका छन् । “उनले नेपालीहरु आफन्तजस्तै बसेका हुँदा चिन्ता नलिन भनेका छन् ।”
प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि विभिन्न राष्ट्रका प्रमुखहरुसँग संवाद गरी आफ्ना नागरिकको सुरक्षा र कल्याणको विषयमा बुझिरहनुभएको छ । (गोरखापत्रबाट)