Logo

श्रम अधिकार सुनिश्चित होस् : राष्ट्रपति



काठमाडौँ, १९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसले श्रमिकको हकहित, अधिकार तथा स्वतन्त्रता सुनिश्चित गर्दै विश्वभरिका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राष्ट्रपतिले दिनुभएको सन्देशमा मुलुकमा पूर्ण लोकतान्त्रिक शासन प्रणालीसहित गणतन्त्र स्थापनामा नेपाली श्रमिक वर्गले पु¥याएको अमूल्य योगदानको स्मरण गर्दै उच्च सम्मान प्रकट गरेका छन् । सन्देशमा कोरोना महामारीले विश्वलाई नै आक्रान्त पारेको वर्तमान परिवेशमा सामान्य जनजीवन र अर्थतन्त्रमा प्रतिकूल असर पारेकाले यसलाई दृष्टिगत गरी नेपाल सरकारको आगामी नीति तथा कार्यक्रम अघि बढ्ने र यसबाट श्रमिकको जीवन पनि सामान्य अवस्थामा फर्किने आशा गरिएको छ ।

राष्ट्रपतिले कृषि क्षेत्रको श्रमलाई उच्च सम्मान गर्दै औपचारिक र अनौपचारिक सबै श्रमलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सम्बद्ध पक्षले ध्यान पु¥याउने अपेक्षा लिएकी छु भन्नुभएको छ । सन्देशमा नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक सुनिश्चित गर्दैै प्रत्येक श्रमिकका लागि उचित श्रम अभ्यासको अधिकारका साथै उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको छ भनिएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot