Logo

गायिका रानुदेवीको निधन



काठमाडौं, १९ वैशाख । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा गए राती काठमाडौंमा निधन भएको छ । उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दाह संस्कार गरिएको जानकारी उनकी कान्छी छोरी अल्पना रेग्मीले दिएका छन् ।

रेडियो नेपालको प्रथम गायिका अधिकारीले विराटनगरमा स्थापित प्रजातन्त्र रेडियोमा क्रान्तिका गीत गाउनु भएको थियो । उनलाई सास फेर्न कठिन भएपछि अस्पताल लैजाने क्रममा बाटो नै निधन भएको थियोे । उनका दुई छोरी र एक छोरा रहेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot