ऋषि कपुर यतिबेला सँसारमा छैनन् तर उनको कला र पुस्तक सदा जिवन्त छ । सत्य नलुकाउने ऋषि कपुरको खुलमखुल्ला नामको पुस्तक प्रकाशित छ । जसमा उनले आफ्नो जीवनका कथा व्यवथाको खुलासा गरेका छन् । खुलमखुल्लामा उनले व्यक्तिगत प्रेम रोमान्स मात्र होइन आफ्ना बाबु राज कपुरको विवाहोत्तर सम्बन्धको पनि पर्दाफास गरेका छन् ।
हिन्दी फिल्मी दुनियाँमा एक समय राज कपुरको राज थियो । पृथ्वीराज कपुरका छोरा राज कपुर फिल्ममा नायकको अभिनय मात्र गर्दैनथिए फिल्म निर्माण समेत गर्दथे । प्रतिभाशाली राज कपुरको उनको जमानाका सुपरस्टार नायिकाहरुसँग प्रेम सम्बन्ध थियो । ती मध्ये अधिकांश विवाहोत्तर सम्बन्ध थिए ।
ऋषि कपुरले पिता राज कपुरले धेरै महिलासँग सम्बन्ध बनाएर आफू र आमालाई निकै पीडा दिएको खुलाएका छन् । खुलमखुल्लामा उनले पिताको महिला आशक्ति अत्याधिक हुँदा झण्डै आमा कृष्णा कपुरले छाड्ने अवस्था नै बनेको खुलाएका छन् । विवाहित भएपनि धेरै नायिकासँग प्रेममा परे । उनको पुणेस्थित फार्म रोमान्सको उदाहरण हो जहाँ राज कपुरको सम्बन्ध भएकाको समेत तस्बिर र पुतली बनाएर राखिएका छन् ।
नर्गिससँगको प्रेमबारे ऋषि कपुरले खुलाएका छन् । नर्सिग सञ्जय दत्तकी आमा हुन् । नर्गिसबाट राज कपुरको बच्चा समेत जन्मिएको हल्ला चल्यो । कतिपयले डिम्पल कापडियालाई यी दुईको बच्चा भनी हल्ला गरे । डिम्पलको अनुहार नर्गिससँग मिल्न जाँदा यस्तो आशंका बढेको हो । त्यसमाथि ऋषि कपुर र डिम्पललाई राज कपुरले बबीमा खेलाएका थिए ।
नर्गिससँगको प्रेममा परिरहँदा राज कपुरले अन्य नायिकाहरुसँग सम्बन्ध बनाइसकेका थिए । यस घटनापछि नर्गिस निकै विचलित भइन् । पछि उनले सुनिल दत्तसँग विवाह गरिन् । नर्गिस र सुनिल दत्तबाट सञ्जय दत्तको जन्म भयो ।
राज कपुरको वैजन्तीमालासँगको रोमान्सबारे पनि ऋषि कपुरले खुलाएका छन् । दक्षिण भारतकी वैजन्तीमाला नृत्यकी अप्सरा थिइन् । उनको सुन्दरताबाट राज कपुर मन्त्रमुग्ध भएका थिए । पछि दुवैजना एक अर्काबाट टाढिए ।
ऋषि कपुरले डिम्पलसँगको निकटताबारे पनि उल्लेख गरका छन् । यसमिन मेहतालाई अत्याधिक चाहेको कपुरले पुस्तकमा उल्लेख गरेका छन् । यसमिन ऋषि कपुरकी पहिलो प्रेमिका हुन् । उनले दिएको औंठी डिम्पलले लगाइन् । तर, राजेश खन्नाले डिम्पलसँग प्रेम सम्बन्ध हुँदा उक्त औंठी देखेपछि निकालेर समुन्द्रमा फँयाकिदिएका थिए । उनले डिम्पलसँग कहिले प्रेममा नपरेको दाबी गरेका छन् ।
भारतको प्रतिष्ठित कपुर परिवारका सदस्य हुन् ऋषि कपुर । भारतीय सिनेजगतका बादशाह पृथ्वीराज कपुरका नाति तथा राज कपुरका माहिला छोरा हुन् ऋषि । उनको चार पुस्तानै चलचित्र क्षेत्रमा प्रभाव जमाएर बसेको छ । कपुर परिवार भारतको चलचित्र क्षेत्रमा नायक नायिका जन्माउनेमा पर्छ । ऋषि कपुरका छोरा रणवीर कपुर बलिउड स्टार हुन् । उनका काकाहरु शशि कपुर र समि कपुर पनि बलिउड नायक थिए ।
४ सेप्टेम्बर सन् १९५२ मा पञ्जाबी परिवारमा मुम्बईमा जन्मिएका ऋषि कपुरको ३० अप्रिल सन् २०२० मा निधन भएको छ । ६७ वर्षमा बोनम्यारोको क्यान्सनका कारण उनको निधन भएको थियो । उनी जीवनको अन्तिम समयसम्म नै चलचित्र क्षेत्रमा सक्रिय थिए ।
२२ जनवरी सन् १९८० मा ऋषि कपुरले बलिउड नायिका नितु सिंहसँग विवाह गरेका थिए । उनीहरुबाट एक छोरा र छोरीको जन्म भएको थियो । १५ सेप्टेम्बर सन् १९८० मा रिदिमा कपुर सहनीको जन्म भएको थियो । रणवीर कपुरको २८ सेम्टेम्बर सन् १९८२ मा जन्म भएको थियो ।
बाल्यकालमै ऋषि कपुरले मेरे नाम जोकरमा अभिनय गरेर उत्कृष्ट बाल कलाकारको अवार्ड प्राप्त गरेका थिए । बबीमा उनले उत्कृष्ट कलाकारको अवार्ड जितेका थिए । दर्जनौं अवार्ड पाएका ऋषि कपुर विवादबाट भने मुक्त भएनन् । उनले आफूलाई गाईको मासु खाने हिन्दु भनेपछि विवादमा परेका थिए ।- एजेन्सीको सहयोगमा