Logo

नेपालमा सम्भावित संक्रमितको संख्या ४ सय ९, ६० हजारभन्दा बढिको परिक्षण



वैशाख १९, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल ६० हजार ७४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ६१ वटा परीक्षण भएको छ । हालसम्म १२ हजार ५ सय ७७ जनाको पिसीआर परीक्षण र ४७ हजार ७ सय ९७ जनाको ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

पछिल्ला दिनमा प्रदेश सरकारमार्फत आरडटी अर्थात ¥यापिड टेस्ट परीक्षण भइरहेको छ । सबै जिल्लामा यो परीक्षण भइरहेको छ । अहिलेसम्म प्रदेश एकमा ५०८९, प्रदेश दुईमा ५६१७, बागमति प्रदेशमा ८४९४, गण्डकी प्रदेशमा ५४११, प्रदेश पाँचमा ४०३५, सुदूरपश्चिम प्रदेशमा १३,५८४ र कर्णाली प्रदेशमा ५५६७ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ । हालसम्म आरडिटी परिक्षणको संख्या ४७ हजार नाघेको छ । मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा २४ हजार ९ सय ७ व्यक्ति छन् । आइसोलेसनमा ९४ जना सम्भावित कोरोना संक्रमित रहेका छन् । तिमध्ये काठमाण्डौ उपत्यकामा ५ जना मात्रै छन् ।

नागरिकले कोरोनासम्बन्धी गुनासो गरुन भनेर सरकारले संचालन गरेको दुई वटा कल सेन्टरहरु (११३३ र १११५) मा पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७१ वटा कलको सम्बोधन भएको छ । हाम्रो स्वास्थ्य नामको मोबाइल एप्स र वेवसाइटमार्फत स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या हालसम्म २९ हजार ३ सय ८४ रहेको छ । तिमध्ये ३ सय १५ जना रेड जोन अर्थात सम्भावित संक्रमित मानिएको छ । स्वमूल्याङ्कनका आधार र आइसोलेसनमा रहेका गरी कूल ४ सय ९ जनालाई सम्भावित जोखिमको सूचिमा राखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ पुगेको छ । शुक्रबार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

बाँकेका युवाको त्यही रहेको भेरी अस्पतालमा परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । त्यसैगरी रुपन्देहीका पुरुषको परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको थियो ।

अहिलेसम्म संक्रमित ५९ मध्ये पुरुषको संख्या ४९ र महिलाको संख्या १० रहेको छ । तिमध्ये १६ जना उपचारपछि निको भएका छन् भने ४३ जनाको उपचार भइरहेको छ । उनीहरु सबैको अवस्था समान्य रहेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot