काठमाडौं, १९ बैशाख । सरकारले कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणको लागि लकडाउन लगाएको छ । लकडाउन यही बैशाख २५ गतेसम्म कायम गरिएको छ । तर, पछिल्लो समय लकडाउन केही खुकुलो पार्ने हल्लकाबीच काठमाडौं उपत्यकामा सवारी चाप पनि बढेको छ । लकडाउनको आज ३९औं दिन हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले काठमाडौंको पुतलीसडक, रामशाहपथ, भद्रकाली, सुन्धारा, नयाँ सड्क, वीर अस्पताल र रत्नपार्कसम्मको वस्तुअवस्था नियाँलेका छन् । हेरौं बाँकी तस्विरमा: