Logo

विज्ञहरुसंग भर्चुअल छलफल गरिने



काठमाडौँ, २० वैशाख । परराष्ट्र मन्त्रालयले स्वदेश र प्रवासमा रहेका विज्ञलाई सङ्कट निकासमा सघाउने उद्देश्यसहित भर्चुअल अन्र्तक्रिया सञ्चालन गर्ने भएको छ ।

परराष्ट्र मन्त्रालय अन्तर्गत नीति, योजना, विकास कूटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धी महाशाखाको एक एकाइका रूपमा रहेको ‘ब्रेन गेन’ सेन्टरले शृङ्खलाबद्ध रूपमा भर्चुअल अन्तरक्रिया सञ्चालन गर्न लागेको हो । नेपाली बीचको सामीप्य र सहकार्यद्वारा समृद्धितर्फको सहयात्रामा सघाउ पु¥याउने सोचका साथ ब्रेन गेन सेन्टर स्थापित भएको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निर्देशन र रेखदेखमा वैशाख २० गते शनिबार बिहान ८ बजेदेखि करिब दुई घण्टा भर्चुअल अन्तत्र्रिmयाको पहिलो संस्करण सञ्चालन हुँदैछ ।
पहिलो शृङ्खलामा ‘उच्च शिक्षा र अनुसन्धान तथा अन्तर्राष्ट्रिय प्रविधि र स्थानीय सहकार्य’ विषयमा छलफल हुने सेन्टरका संयोजक सन्तोष गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार यस शृङ्खलामा डा. शिव भुसाल त्रिभुवन विश्वविद्यालय, डा. स्मृति पन्त लिटल एन्जल्स कलेज, डा. बालचन्द्र लुइटेल, डा. रोशनी राजवंशी र डा. अमिना सिंह काठमाडौँ विश्वविद्यालय, डा. पृथ्वीनारायण श्रेष्ठ ओपन युनिभर्सिटी यूके, डा. सोमशङ्कर शर्मा स्टोनी बु्रक विश्वाविद्यालयले ‘प्यानालिस्ट’ भूमिका निर्वाह गर्दै हुनुहुन्छ । विज्ञहरूले आफूले नेपालमा गरेका सहकार्यबारे र त्यस्ता सहकार्यलाई कसरी अझै प्रभावकारी र बृहत् बनाउँदै लैजान सकिन्छ भन्नेबारे छलफल गर्नुहुनेछ ।

युटुब, फेसबुक र जुम साइटबाट प्रत्यक्ष प्रसारण हुनेगरी भर्चुअल छलफलको अन्तिममा प्यानलका सदस्यले स्रोता र दर्शकका केही प्रश्नका उत्तर दिनुहुनेछ । विदेश र स्वदेशमा बस्ने नेपाली विद्वान् र विज्ञहरूबीच अनलाइनमा स्तरीय अन्तत्र्रिया बढाउने हेतुले गर्न लागिएको यस शृङ्खलाका शीर्षकमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि र नेपाल केन्द्रित सहकार्यका मोडल र अनुभवलाई प्रस्तवित गरिएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot