काठमाडौं, बैशाख २० । विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई लाख ३९ हजार नाघेको छ । शनिबार बिहानसम्म कोरोनाका कारण दुई लाख ३९ हजार ५६६ जनाको ज्यान गएको हो ।
हालसम्म अमेरिकामा ६५ हजार सात सय ५३ जनाले कोरोना संक्रमणका कारण ज्यान गएको छ । इटलीमा २८ हजार दुई सय ३६, बेलायतमा २७ हजार पाँच सय १०, स्पेनमा २४ हजार आठ सय २४ तथा फ्रान्समा २४ हजार पाँच सय ९४ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।