काठमाडौं, बैशाख २० । आज लकडाउनको ३९ औ दिन । कोरोना भाइरसको महामारीबाट बच्न जारी लकडाउनका बिच काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने १५ सय भन्दा बढिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार बिहान १० बजेसम्ममा उपत्यकाका विभिन्न स्थानबाट लकडाउनको उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएकाहरुमा झण्डै पाँच सय महिलासमेत रहेका छन् । त्यस्तै, दुई पाङ्ग्रे र चारपाङग्रे सवारीसमेत प्रहरीले नियन्त्रणमा लिएको जनाएका छ । प्रहरीले नियन्त्रणमा लिएकालाई कोरोनाको बारेमा सडकमै बनाइएको खुला हिरासतमा शिक्षा दिएर छाड्दै आएको छ ।