Logo

उत्तर कोरियाका सर्वोच्च नेता किम २० दिन पछि सार्वजनिक



२० वैशाख । उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन झण्डै २० दिन पछि पहिलो पटक सार्वजनिक हुनुभएको छ । स्वास्थ्य अवस्था विग्रिएको र गम्भीर अवस्थामा रहनु भएको हल्ला चरिरहेका बेला उहाँ शनिबार सार्वजनिक हुनुभएको हो ।

दक्षिण कोरियाको राज्यद्धारा सञ्चालित योन्हाप समाचार संस्थाकाअनुसार उहाँ यसअघि गत अप्रिल ११ तारिखदेखि सार्वजनिक हुनुभएको थिएन ।उहाँ दक्षिणी प्योङगान प्रान्तको सुन्चोनमा भएको एक कार्यक्रममा सहभागी हुनुभएको थियो । यो बीचमा दक्षिण कोरियाका अधिकारीहरुले किम गम्भीर विरामी हुनुभएको दाबी गरेको समाचारहरु पटक पटक सार्वजनिक भएका थिए ।

उहाँका आफ्ना हजुरबुवाको जम्मोत्सव समरोहमा उहाँको अनुपस्थितिलाई आधार मानेर उहाँलाई अस्वस्थ भएको दावी गरिएको थियो ।
उहाँको स्वास्थ्यको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पटक पटक प्रतिक्रिया दिदै चासो देखाउनु भएको थियो ।
उहाँले किम आफ्नो मित्र भएको र सम्वन्ध राम्रो हुदै गएको जानकारी पनि दिनुभएको थियो ।रासस



प्रतिक्रिया दिनुहोस्