Logo

रामायणले बनायो विश्वकिर्तिमान



एजेन्सी, २० वैशाख । अहिले धाराबाहिक रामायण चर्चामा छ । ३३ वर्ष अघि निर्माण गरी प्रसारण गरिएको रामायणका कलाकारमध्ये कतिपय वृद्ध भइसके त कतिपय दिवंगत । तर, यसको क्रेज फेरि बढेको छ ।

रामायणले हालैमात्र एउटा विश्वकिर्तिमान बनाएको छ । सँसारभरका मनोरञ्जनात्मक कार्यक्रममा सर्वाधिक हेरिएको किर्तिमान बनाएको हो । दुरदर्शन टीभीले भारतमा लकडाउन घोषणापछि रामायणको प्रसारण गरेको हो । १७ अप्रिलमा दुरदर्शन नेस्नल टिभीले जनाएअनुसार रामायण ७ करोड ७० लाख मानिसले हेरेका छन् । कुनैपनि मनोरञ्जनात्मक कार्यक्रम टिभीमा एकैपटक यति धेरै मानिसले हेरेको यो विश्व किर्तिमान हो ।

लेखक, निर्माता र निर्देशक रामानन्द सागरले निर्माण गरेको रामायण सन् १९८७ मा दुरदर्शन टिभीले पहिलोपटक प्रसारण गरेको थियो । जसमा अरुण गोविल रामको भूमिकामा थिए । दिपिका चिखलिया सीताको भूमिकामा थिइन् । दारा सिंह हनुमानको भूमिकामा थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot