Logo

पाकिस्तानमा डाक्टरले नभई धार्मिक नेताले कोरोना भाइरस सम्बन्धि नीति बनाइरहेको खुलासा



एजेन्सी, २० एजेन्सी । पाकिस्तान मुस्लिम बाहुल्यको देश मात्र होइन त्यहाँ धर्मगुरु र नेताहरु प्रभावशाली छन् । त्यहाँ कसलाई शासनसत्तामा ल्याउने सम्मको निर्णय क्षमता राख्छन् धार्मिक नेताहरु ।

पाकिस्तान अहिले कोरोना भाइरसको संक्रमणबाट निकै प्रभावित छ । त्यहाँ संक्रमण फैलँदो छ । १० हजारभन्दा बढी मानिस कोरोना संक्रमित भइसकेको तथ्यांक छ । तैपनि, पाकिस्तानमा कोरोना भाइरस रोकथामको नीति प्रभावशाली हुन सकेको छैन ।

पाकिस्तान न्युजविकका कन्सल्टिङ सम्पादक खालिद अहमदले इन्डियन एक्सप्रेसमा आज प्रकाशित लेखमा पाकिस्तानमा डाक्टरले नभई धार्मिक नेताले कोभिड नीति बनाइरहेको उल्लेख गरेका छन् । उनले पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि धार्मिक नेताले भनेबमोजिम गरिरहेको तथ्यहरु उल्लेख गरेका छन् ।

डाक्टरहरुले मस्जिदमा भीड हुन नदिन र पाकाहरुलाई कोरोना संक्रमणबा बचाउनुपर्ने राय सल्लाह दिंदा पनि कार्यान्वयन नभएको अहमदको लेखमा भनिएको छ । इमरान खान समेत धर्मगुरु र धार्मिक नेताहरुको नीतिलाई नै मानेर चलेको भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot