काठमाडौं, २० बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकै किसिमको कुर्सीमा बसेका छन् ।
प्रधानमन्त्री ओलीको सचिवालयले बैठक सुरु भएका तस्विर सार्वजनिक गर्दै बसाईको नयाँ व्यवस्थापन भनेर उल्लेख गरेको छ । तस्विर : प्रधामन्त्री ओलीको सचिवालय