Logo

भारतमा २४ घन्टामा २४ सय कोरोना संक्रमित, मृतक संख्या १२ सय नाघ्यो



एजेन्सी, २० वैशाख । भारतमा बितेको २४ घन्टामा २४ सयभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमित भेटिएका छन् । १२ सयभन्दा बढी मानिसको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको तथ्यांक छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार हालसम्म भारमा ३७ हजार ७ सय ७६ कोरोना भाइरसका संक्रमित भेटिएका छन् । जसमध्ये १२ सय २३ जनाको मृत्यु भइसकेको छ ।

भारतमा लगातार लकडाउनका बाबजुद यसपटक २४ घन्टाको बीचमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । यसले त्यहाँको सरकारलाई गम्भीर बनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गृहमन्त्री अमित शाह र वित्तमन्त्री निर्मला सितारामनसँग दोस्रो राहत प्याकेजबारे छलफल गरेका छन् । भाररतमा एक राज्यबाट अर्को राज्यमा पुगेका कामदारहरुलाई रेलमा सुरक्षित तरिकाले आफ्नो स्थायी बसोबासको क्षेत्रमा आउन दिइएको छ । यस क्रममा पनि चेकजाँच बढी हुँदा संक्रमित बढी भेटिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot