Logo

विकासको गतिमा कमी आए पनि रोकिएको छैन : मन्त्री फुयाँल



हेटौँडा, २० वैशाख : वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले ‘लकडाउन’का कारण विकासको गति कम भए पनि काम नरोकिएको बताएका छन् । उनले सावधानी र सुरक्षाका उपाय अवलम्बन गर्ने क्रममा कामको गतिमा २० देखि २५ प्रतिशतसम्म कमी भएको भए पनि सरकारले गति बढाउनेतर्फ योजना बनाइरहेको जानकारी दिए ।

उन्ले हेटौँडा–काठमाडौँ मार्गअन्तर्गतको भीमफेदी–कुलेखानी जोड्ने पोष्टबहादुर बोगटी सुरुङमार्गको काम आगामी जेठ १५ गतेदेखि शुरु हुने बताए । आज रासससँग कुरा गर्दै मन्त्री फुयाँलले प्रदेशका विभिन्न स्थानमा विकासको काम भइरहेको बताए । उनले हाल प्रदेशको काठमाडौँस्थित कागेश्वरी चक्रपथमा सडक कालोपत्र भइरहेको, काठमाडौँकै नयाँपाटीमा दुई पुल निर्माणको काम भइरहेको, दोलखा, सिन्धुली धादिङलगायतका प्रदेशका सबै जिल्लामा विकासका काम धमाधम भइरहेका जानकारी दिए । उनले सिन्धुपाल्चोकदेखि चितवन तथा रसुवादेखि सिन्धुलीसम्म सबैतिर काम भइरहेको बताए ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्