Logo

के बामदेवका लागि पाल्पा १ सहज होला ?



काठमाडौं, २१ वैशाख । नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ । हिजो बसेको बैठकले बामदेवलाई सांसद बनाउने सहमति त गर्यो । तर कसरी ?

बामदेवका लागि प्रतिनिधिसभा सदस्यको सिट खाली गराउनुपर्ने हुन्छ । नेकपाले जितेको क्षेत्रमा एक सिट खाली गर्नुपर्छ । बामदेवका लागि अहिले चर्चामा आएका सिटहरुमा पाल्पा १, प्युठान, बर्दिया र काठमाडौंका क्षेत्र पर्दछन् । तर, उनको प्राथमिकतामा पाल्पा १ परेको छ ।
उनले पाल्पा १ रोज्नुमा आफू निकट दलबहादुर राना मगरले सजिलै उनका लागि राजीनामा दिनसक्ने सम्भावना पनि हो । त्यसबापत दलबहादुरले पनि मन्त्री पद पाउने नै भए । उनी राष्ट्रिय सभा सदस्यमा लगिने सम्भावना पनि रहन्छ ।

पाल्पा १ मगर बाहुल्यको क्षेत्र हो । बामदेवको ससुराली खलक पनि मगर नै हुन् । ससुराली नाता लगाउने त छँदैछ । बामदेवले विगतमा बुटवलमा बसेर संगठनको काम गरेका थिए । बुटवलसँग पाल्पाको सिधा साइनो छ ।

पाल्पा १ बाट बामदेवलाई सजिलो भने छैन । नेकपाको सुरक्षित क्षेत्र भएपनि त्यहाँ घात अन्र्तघातको सम्भावना उत्तिकै बलियो छ । त्यसमाथि बामदेव प्रतिनिधिसभा सदस्य भएपछि प्रधानमन्त्री बनाउने भद्र सहमति बनेको छ । त्यही सहमतिले केपी शर्मा ओलीको प्रधानमन्त्रीको कुर्सी जोगाएको छ ।

बामदेवसँग हिजो सहमति नभएको भए ओली स्पष्ट अल्पमतमा पर्थे । उनीमाथि राजीनामाको दबाब पथ्र्यो । बामदेवको साथले यो तत्कालका लागि टरेको छ ।

बामदेवले ओलीलाई तत्कालिन नेकपा एमालेको नवौं महाधिवेशनमा अध्यक्ष बन्नका साथ साथ दिएका थिए । उनको साथ र सक्रियताले ओलीले बाजी मारेका थिए । तर, आफैमाथि पटक पटक ओलीबाट धोका भएको बामदेवको गुनासो छ । यसपटक भने धोका नखाने गरी बामदेवले भद्र सहमति गरेको उनी निकटस्थले बताएका छन् । राजनीति त हो जे पनि हुनसक्नछ । हेर्न बाँकी नै छ ।-File Photo 



प्रतिक्रिया दिनुहोस्