Logo

लिटरका लिटर अक्सिजन दिएर बेलायती प्रधानमन्त्रीलाई बचाइएको खुलासा



एजेन्सी, २१ वैशाख । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन कोरोना भाइरसको संक्रमणमा परे । निकै संघर्ष गरेर उनको जीवन बच्यो । भाग्यले उनको जीवन जोगिएलगत्तै पुत्रलाभ पनि भयो ।

तर, जोन्सनले आफू निकै संघर्ष गरेर बाँचेको खुलासा गरेका छन् । उनले बेलायती पत्रिका द सनलाई आइतबार अन्तवार्ता दिदै लिटरका लिटर अक्सिन दिनुपरेको खुसाला गरेका छन् ।

लन्डनको थोमस हस्पिटमा तीन रात आइसीयुमा राखिएका उनले आफूलाई बचाउन डाक्टरले लिटरका लिटर अक्सिजन दिनुपरेको खुलासा गरेका हुन् । त्यो क्षण निकै कठिन थियो भनेर व्याख्या समेत गरेका छन् ।

जोनसन कोरोना संक्रमित भएको खुलासा आफै गरेका थिए । त्यसपछि उनी आइशोलेशनमा बसे । तर, पछि अस्पताल भर्ना गर्नुपरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot