Logo

कोरोनाको पीडामा स्वतन्त्रता दिवस



काठमाडौँ, २१ वैशाख । आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । यस वर्ष ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ नारासहित यो दिवस मनाइँदैछ । सन् १९९३ को संयुक्त राष्ट्रसङ्घीय महासभाले अनुमोदन गरेपछि मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

यस वर्ष कोरोना सङ्क्रमणका कारण कार्यक्रम नभए पनि नेपाल पत्रकार महासङ्घ लगायतले प्रेस स्वतन्त्रताबारे डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन÷प्रसारणमार्फत विविध कार्यक्रम आयोजना गरी दिवस मनाउँदैछन् । प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, पत्रकार सुरक्षाको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकारिता पेसा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूलाई सम्मान गर्दै यो दिवस विश्वभरि मनाइन्छ । रिपोर्टर विदाउट बोर्डर (आरएसएफ)ले प्रकाशित गरेको सन् २०२० को विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल ११२आँै स्थानमा छ । आरएसएफको वाार्षिक विश्लेषणअनुसार नेपाल १८० देशमध्ये ३५.१० अङ्कसहित गतभन्दा भन्दा ६ स्थान तल ११२औँ स्थानमा पुगेको छ ।

गत वर्ष २०१९ मा नेपाल सूचीको १०६औँ स्थानमा थियो । सन् २०१८ मा भने नेपाल यो सूचीको १००औँ स्थानमा थियो । बहुलवाद, सञ्चारमाध्यमको स्वतन्त्रता, स्वनियन्त्रण, पारदर्शिता, पूर्वाधार, हिंसा तथा दुुव्र्यवहारलगायत सूचक विश्लेषण गरी यो सूचकाङ्क तयार गरिने आरएसएफले जनाएको छ । दक्षिण एसियामा नेपालको स्थान भुटान र माल्दिभ्सभन्दा पछाडि छ । यो वर्ष भुटान ६७औँ र माल्दिभ्स ७९औँ स्थानमा छन् । अफगानिस्तान १२२औँ, श्रीलङ्का १२७औँ, भारत १४२औँ, पाकिस्तान १४५औँ र बङ्गलादेश १५१औँ स्थानमा छ ।

नेपाल पत्रकार महासङ्घले २०५६ सालदेखि नेपालमा हुने प्रेस स्वतन्त्रता हननका घटनाहरूकोे अभिलेखीकरण गर्दै आएको छ । नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन एकाइमा २०७६ सालमा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना अभिलेख भएको महासङ्घले जनाएको छ । यसबाट ९४ पत्रकार तथा तीन सञ्चार संस्था गरी ९७ पीडित बनेको उल्लेख छ । अभिलेखअनुसार पत्रकार गिरफ्तारका आठवटा घटना भएका छन् । त्यस्तै स्वतन्त्र पत्रकारितामा अवरोध तथा कब्जाका तीन, पत्रकारमाथि आक्रमण १३ र दुव्र्यवहार तथा धम्कीका ३२ वटा घटना भएका छन् । पत्रकार पेसाबाट विस्थापनको एक र पेसागत असुरक्षाका तीनवटा घटना भएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot