Logo

जोरपाटी–सुन्दरीजल सडक विस्तार सुरु



काठमाडौं, बैशाख २१ । कोरोना महामारीको सङ्क्रमण फैलिन नदिन जारी बन्दाबन्दीका बीच पनि विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीतिअन्तर्गत जोरपाटी–सुन्दरीजल सडक खण्डको विस्तार सुरु गरिएको छ ।

काठमाडौं उपत्यकाकै साँघुरो सडकमध्ये एक उक्त सडकको विस्तारका लागि ठेक्कापट्टाको काम सम्पन्न गरी ढलको पाइप बिछ्याउने र सडक क्षेत्रमा परेका रूख कटानको काम सुरु भइसकेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

कुल लम्बाइ सात किलोमिटर रहेको सो सडक खण्डको विस्तारका लागि दुईवटा ठेक्कामा काम भइरहेका छन् । कुल लागत ६० करोड रुपियाँमा उक्त सडक खण्डको विस्तार गरिनेछ । उक्त सडक विस्तारको जिम्मा आशिषरसीएम (जेभी)ले पाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्