Logo

राष्ट्र बैंकले असारको अन्तमा राहत प्याकेज ल्याउने



काठमाडौं, २१ वैशाख । नेपाल राष्ट्र बैंकले बैंक, वित्तिय संस्थाका अलावा त्यसबाट कारोबार गर्ने उद्दोगी व्यवसायी र ऋणीहरुका लागि प्याकेज ल्याउने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असारको अन्त्यमा उद्दोगी व्यवसायी र ऋणीका लागि विशेष प्याकेज ल्याउने बताएका हुन् । उनले लकडाउनको अवधि र असर हेरेर छलफल गरी प्याकेज ल्याउने बताए ।

गोरखापसँगको अन्तवार्तामा उनले बन्दाबन्दी कहिलेसम्म हुने र कति गहिरो जाने र खुलेपछिको अवस्था हेरेर राहत प्याकेज ल्याउने बताएका हुन् । असारमा ऋण तर्ने भनिरहँदा असार मसान्तमा चैतको किस्तामा असारको पनि थपेर तिर्नुपर्ने हुँदा अवस्था हेरेर निर्णय लिइने बताए ।
विश्वको कुनै पनि मुलुकमा ब्याज छुट नै भनेर घोषणा नगरिएको तर नेपालमा त्यस्तो प्रबन्ध मिलाइएको बताए । उनले राष्ट्र बैंकले कर्जाको किस्ता भुक्तानी गर्ने अवधि बढाउने देखि धेरै राहतको प्रबन्ध गरेको बताएका हुन् ।

‘विश्वका कुनै पनि मुलुकमा ब्याज छुट नै भनेर घोषणा गरिएको छैन,’ गभर्नर अधिकारीले भने, ‘हामीले व्यवसायीलाई परेको मर्कालाई नै ध्यानमा राखेर ब्याज छुटको प्रबन्ध मिलाएका छौं ।’ कर्जाको किस्ता भुक्तानी गर्ने अवधि बढाइदिएको र पुनकर्जालाई साना व्यवसाय लक्षित बनाउँदै प्रादेशिक सन्तुलनसमेत कायम गर्न गइरहेको बताए ।-File Photo



प्रतिक्रिया दिनुहोस्