Logo

बाबुरामले ‘टपेर बाहुन’ भनेपछि सांसद राजेन्द्र लिङ्देन असन्तुष्ट



काठमाडौं, २१ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले डा. बाबुराम भट्टराईले ‘टपरे बाहुन’ भनेकोमा आपत्ती जनाएका छन् । उनले केही पुरोहितले गल्ती गर्दा सिंगो जातलाई लाञ्छना लगाएको भन्दै आपत्ती जनाएका हुन् ।

लिङ्देनले देश धेरै जातमुखी भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘केही पुरेतले गल्ती गर्दा सिंगो जातलाई लाञ्छना । किन हामी यति धेरै जातमुखी भयौं ?’

जनजाति भइकन लिङ्देन जातीय राजनीतिको विरोध गर्छन् । उनी जातजातिभन्दा माथि उठेर राष्ट्रियता र राष्ट्र बलियो बनाउनुपर्ने पक्षका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot