Logo

तलब दिनुपर्ने सवा खर्ब, कर उठ्यो २३ अर्ब



एजेन्सी, २१ वैशाख । तलब खुवाउनुपर्ने एक खर्ब २५ अर्ब तर कर मात्र २३ अर्ब उठ्दा के होला ? कोरोना भाइरसको रोकथामका लागि लकडाउनका कारण कर निकै कम उठिरहँदा यस्तो हालत छ कतिपय देशको ।

यो अवस्था हो नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेश राज्यको जहाँ योगी आदित्यनाथको राज्य चलिरहेको छ । मे महिनामा १६ लाख सरकारी कर्मचारी र १२ लाख पेन्सनवालालाई तलब पेन्सन दिनुपर्ने अवस्था छ । त्यसमा सवा खर्ब खर्च हुन्छ । तर, अप्रिलमा झण्डै २३ अर्ब मात्र कर उठेको छ ।

उत्तर प्रदेश भारतको सबैभन्दा बढी जनसंख्या भएको राज्य हो । विकासका दृष्टिले उत्तर प्रदेश अन्य राज्यहरुको तुलनामा अझै पछि छ । राज्यमा लकडाउनको ठूलो पीडा छ । तलब खुवाउन राज्यलाई ऋणमा चल्नुपने अवस्था बनिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot