Logo

नेपालगञ्जमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो



२१ वैशाख : आइतबार नेपालगञ्जमा थप ९ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले उक्त जनाकारी गराएका हुन् ।

उनका अनुसार ९ जना संक्रमित मध्ये ५ जना पुरुष र ४ जना महिला रहेका छन् । उनीहरु ७ देखि ५८ वर्षको रहेको उनले जनाकारी गराए ।

आजै वीरगन्जमा पनि थप एक जनामा कोरोना भाइरस संक्रमित देखिएको पनि छ । वीरगन्ज ३ छपकैयाका ३६ वर्षीय एक जना पुरूषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । त्यसमध्ये १६ जना निको भइसेका छन्।मेरोलगानी



प्रतिक्रिया दिनुहोस्

Screenshot