Logo

के कोरोना महिला भन्दा पुरुषका लागि अधिक घातक छ?



२१ वैशाख : कोभिड–१९ को गम्भीरता र मृत्युदर महिला संक्रमितहरुको तुलनामा पुरुषहरुमा अधिक हुने गरेको मानिएको छ । कोरोना भाइरस संक्रमणले मृत्यु हुनेमा महिलाभन्दा पुरुषको संख्या धेरै छ । चाहे चीन होस्, इटाली वा अमेरिका, यो भाइरससँगको लडाईमा पुरुषभन्दा महिलाहरू बलियो देखिएका छन् ।

एउटा प्री–प्रिन्ट स्टडीका अनुसार, कोरोना भाइरसको महिला र पुरुषमा अलग–अलग असर हुने संकेत पाइएको छ ।

यूनिभर्सिटी अफ टेक्सस, ह्यूस्टन मेथोडिस्ट रिसर्च इंस्टीट्यूट र यूनिभर्सिटी अफ टेनेसी हेल्थ साइन्स सेन्टरका अनुसन्धानकर्ताहरुका अनुसार, यसका लागि विभिन्न कारक तत्वहरु जिम्मेवार हुन सक्छन् । जस्तो कि, दुवै लिङ्गको जेनेटिक संरचना र संक्रमणका लागि संवेदनशीलता बढाउने खालका बानीहरु ।

यूरोपका लागि १९ अप्रिलको साप्ताहिक निगरानी रिपोर्टमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले संकेत गरेको छ कि, पूरै महाद्धीपमा कोभिड–१९ को कुल मृत्युमध्ये ६३ प्रतिशत बिमारहरु पुरुष थिए ।

यसैगरी कोभिड–१९ निगरानी समूहको तर्फबाट तयार गरिएको मार्चको एउटा अर्काे रिपोर्टका अनुसार, इटालीमा कोरोना भाइरसबाट भएको मृत्युमा करिब २९.१ प्रतिशत मात्र महिला थिए ।

अनुसन्धानका अनुसार, एउटा सम्भावित कारण महिलाहरुमा एक्स–लिंक्ड जीन्सको लिङ्गमा आधारित मोड्यूलेशन हुनसक्छ, जुन संक्रमणका लागि संवेदनशीलतालाई बढाउन सक्नेछ । अनुसन्धानकर्ताहरुले तर्क दिएका छन् कि, पुरुष र महिलाहरुमा कोरोना भाइरसलाई लिएर प्रतिरोधक प्रतिक्रिया अलग–अलग हुनसक्छ ।

कतिपय वैज्ञानिकले यसलाई यौन हर्माेनसँग जोडेर हेरेका छन्, उनीहरू भन्छन्, पुरुषको यौन हर्माेनमा टेस्टोस्टेरन को मात्रा बढी हुन्छ, जसले रोग प्रतिरोधक प्रणाली खुम्च्याउने काम गर्छ । जबकि, महिलाको यौन हर्माेनमा हुने एस्ट्रोजेन ले रोग प्रतिरोधक प्रणाली अझ सक्रिय बनाउँछ ।

अनुसन्धानका अनुसार, उत्कृष्ट प्रतिरोधक सुरक्षा उपलब्ध गराउन सम्भव बायोलोजिकल फ्याक्टर्सको भुमिकामाथि अझैँ अनुसन्धान गर्न जरुरत रहेको छ । मेरोलगानी



प्रतिक्रिया दिनुहोस्