काठमाडौँ, २१ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सबै सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेकी छिन् ।
उन्ले आज अपराह्न ट्विट गर्दै भय र पक्षधरतामुक्त पत्रकारितालाई आत्मसात् गर्दै मर्यादित र जवाफदेही भई तथ्यपूर्ण सूचना प्रवाहद्वारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा संकल्प पूरा गर्न प्रेस जगत्लाई प्रेरणा दिनेछ भन्ने आशा पनि व्यक्त गरेकी छिन् ।रासस
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सञ्चारकर्मीहरुमा हार्दिक शुभकामना! यस दिवसले भय र पक्षधरतामुक्त पत्रकारितालाई आत्मसात गर्दै प्रेस जगतलाई मर्यादित र जवाफदेही भई तथ्यपूर्ण सूचना प्रवाहद्वारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा संकल्प पूरा गर्न प्रेरणा दिनेछ भन्ने आशा गरेको छु।
— Bidhya Devi Bhandari (@PresidentofNP) May 3, 2020