Logo

जमाती बने नेपालमा कोरोना बस्तीसम्म फैलनुको मुख्य कारण



काठमाडौं, २१ वैशाख । नेपालमा कोरोना भाइरसको संक्रमितमध्ये अधिकांश मुसलमान समुदायका भेटिएका छन् । हालसम्म पत्ता लागेका ६९ संक्रमितमध्ये ५० जना मुसलमान समुदायका छन् ।

नेपालको कुल जनसंख्यामा ४ प्रतिशत मुसलमान समुदाय छन् । तर, कोरोना भाइरसको संक्रमितको संख्या र अनुपातको तुलना गर्ने हो मुसलमान समुदाय कोरोना भाइरसको उच्च जोखिममा देखिएका छन् ।

कोरोना भाइरसको संक्रमितमध्ये दिल्ली निजामुद्दीनको मर्कस जमातको कनेक्सन नेपालसम्म देखिएको छ । जमातीहरु लकडाउन अघि र पछि नेपाल छिरेको तथ्य भेटिइसकेको छ । भारतमा पनि कोरोना महामारी फैलनुको मुख्य कारक जमाती भनी सञ्चारमाध्यमले तथ्यांक सहित उल्लेख गरिरहेका छन् ।

वीरगञ्जको छपकैयास्थित मस्जिद र उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा कोरोना भाइरसको संक्रमणको कारक जमाती भएको खुलिसकेको छ । सबैभन्दा बढी संक्रमण उदयपुरमा फैलिएको छ । त्यहाँ ३० जनाभन्दा बढी संक्रमित भेटिइसकेका छन् ।

पछिल्लो समय नेपालगञ्जमा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । १९ वैशाखमा ६० वर्षीय जमातीमा संक्रमण भेटिएपछि उनको सम्पर्कमा पुगेकाहरुको स्वाब परीक्षण गर्दा आज एकै दिन ९ जना कोरोना संक्रमित भेटिएका छन् । नेपालगञ्जमा संक्रमितमध्ये ५ पुरुष र ४ महिला छन् । उनीहरु मध्ये एकजना ७ वर्षका छन् । सबै एउटै टोलका हुन् ।

६० वर्षीय जमाती पुगेको महेन्द्र पार्क नजिकै जोलहनपुर्वाको मस्जिद, मदरसाका विद्यार्थी समेत कोरोना संक्रमित भएका हुन् । ती जमाती धर्मगुरु धार्मिक गतिविधिमा संलग्न रहेको पत्ता लागेको छ ।

मुस्लिम आयोगले मस्जिदमा नभई घरमै प्रार्थना गर्न र सामाजिक दुरी कायम गर्न आग्रह गर्दा गर्दै संक्रमित भेटिएका हुन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot