वैशाख २१, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल ६३ हजार १ सय २ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७९ वटा परीक्षण भएको छ । हालसम्म १३ हजार ४ सय १४ जनाको पिसीआर परीक्षण र ४९ हजार ६ सय ८८ जनाको ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
पछिल्ला दिनमा प्रदेश सरकारमार्फत आरडटी अर्थात ¥यापिड टेस्ट परीक्षण भइरहेको छ । अहिलेसम्म प्रदेश एकमा ५४९९, प्रदेश दुईमा ५७०९, बागमति प्रदेशमा ८५१५, गण्डकी प्रदेशमा ५८३४, प्रदेश पाँचमा ४४९२, सुदूरपश्चिम प्रदेशमा १४,०७२ र कर्णाली प्रदेशमा ५५६७ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ ।
हालसम्म आरडिटी परिक्षणको संख्या ४९ हजार ६ सय ८८ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा २१ हजार ९ सय ५१ व्यक्ति छन् । आइसोलेसनमा ७७ जना सम्भावित कोरोना संक्रमित रहेका छन् । तिमध्ये काठमाण्डौ उपत्यकामा ४ जना मात्रै छन् ।
नागरिकले कोरोनासम्बन्धी गुनासो गरुन भनेर सरकारले संचालन गरेको दुई वटा कल सेन्टरहरु (११३३ र १११५) मा पछिल्लो २४ घण्टामा १ हजार ९ सय १९ वटा कलको सम्बोधन भएको छ । हाम्रो स्वास्थ्य नामको मोबाइल एप्स र वेवसाइटमार्फत स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या हालसम्म २९ हजार ९ सय ८४ रहेको छ ।
तिमध्ये ३ सय २१ जना रेड जोन अर्थात सम्भावित संक्रमित मानिएको छ । स्वमूल्याङ्कनका आधार र आइसोलेसनमा रहेका गरी कूल ३ सय ९८ जनालाई सम्भावित जोखिमको सूचिमा राखिएको छ ।